जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सारियो

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  एमालेले गएकाे २३ गते बुधवारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवराेध गर्दै आएपछि फेरि बैठक आउँदाे भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि सारिएको हो ।

नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेस गरिएको छ । आज बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले उठेर अवराेध जनाएका थिए । तर, एमाले सांसदहरूको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाणले त्याे अध्यादेश पेस गरेका हुन् ।

त्यसैगरी, बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ । जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सभा सदस्य सदस्य हुनुभएको थियो ।

याे प्रस्ताव पारित गर्नुअघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थियो ।

।  

यो पनि