जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसीकी उपाध्यक्ष फतिमा प्रचण्डलाई भेट्न खुमलटारमा

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छन् ।

उनी आज बिहान प्रचण्ड निवास खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । एमसिसी पारित हुने वातावरण बनाउन नेपाल भ्रमण रहेको फतेमा नेतृत्वको प्रतिनिधिमण्डलले आज पनि बिहानैदेखि भेटघाट तीव्र पारेको छ ।

यसअघि यो टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपाका नेताहरुसँग भेट गरेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि