जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेस महाधिवेसन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसको जारी महाधिवशेन रोक्न माग गर्दै परेको रिट सार्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो । 

कांग्रेसका वागमती प्रदेश सांसद नरोत्तमले सर्वोच्चमा रिट दायर गरेका थिए । कोरोनाले परिस्थिति असहज बनेको समयलाई शुन्य अवधि मानेर महाधिवेसन गर्नुपर्ने पाँच वर्षे म्याद लम्ब्याउन थप गर्न उनको माग थियो ।

पटक-पटक मिति सर्दै आएको नेपाली कांग्रेसको महाधिवेसन आगामी ९ देखि १३ मंसिरमा गर्ने पछिल्लो तयारी छ भने वडा अधिवेशन जारी छ । 


कस्तो लाग्यो ?

यो पनि