जेठ ०४, २०८१, शुक्रबार
               

‘वीपीको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । 

जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताएका हुन् । 

महामन्त्री डा. कोइरालाले कांग्रेसको १४ औँ महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवम् लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सहि गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उनिप्रति श्रद्धाञ्जलि हुने बताए । 


कस्तो लाग्यो ?

यो पनि