बैशाख २०, २०८१, बिहीबार
               

देउवाले छोरालाई राजनीतिमा ल्याएपछि गृहजिल्लामा भाँडभैलो

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीरसिंह देउवालाई राजनीतिमा ल्याएसँगै गृहजिल्ला डडेलधुरामा भने भाँडभैलो मच्चिएको छ ।

यस पटकको महाधिवेशनका लागि जयवीरसिंहले डडेल्धुराबाट क्रियाशील सदस्यता लिएसँगै जिल्लामा भने भाँडभैलो मच्चिएको छ । जिल्ला सभापतिसहितका नेता कार्यकर्ताहरु देउवाको शैलीबाट रुष्ट बनेका हुन् ।

जयवीरलाई डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्रियाशील सदस्य दिलाइएको छ । अहिलेसम्म गाउँ नपुगेका जयवीरको क्रियाशील सदस्यता वडाबाटै सिफारिश गरिएको दावी गरे पनि केन्द्रबाटै थपिएको जनाइएको छ ।

सभापति देउवाको समेत क्रियाशील सदस्यता रहेको गन्यापधुरामा भदौ २५ मा वडा अधिवेशन गराई जयवीरलाई क्षेत्रीय प्रतिनिधि पठाउने तयारी भइरहेका बेला जिल्ला सभापति कर्णबहादुर मल्लले भने अधिवेशन स्थगितको सूचना निकालेका छन् ।

बेलायतको युनिभर्सिटी अफ योर्कबाट राजनीति शास्त्रमा एम ए गरेका २६ वर्षीय जयवीरलाई सक्रिय राजनीतिमा ल्याउन बाबु–आमाको जोड रहेको पनि जिल्लाकै नेताहरुले बताइरहेका छन् । जिल्ला सभापति मल्ल पनि सक्रिय राजनीतिमा ल्याउन कै लागि क्रियाशील सदस्य बनाइएको प्रतिक्रिया दिनुहुन्छ ।

आफ्ना छोराको सदस्यता थप्ने तर अरु पार्टीमा योगदान गरेका पाँच सय जनाको क्रियाशील सदस्यता काट्ने भन्दै मल्लले आपत्ति जनाए । मल्लका अनुसार जिल्लाबाट पठाइएका पाँच सय जनाको नाम क्रियाशील सदस्यको सूचीबाट हटाइएको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि