बैशाख १२, २०८१, बुधबार
               

वागमतीमा १० मन्त्री थपिँदै, को-को बन्दैछन् मन्त्री ?

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज (बुधबार) विस्तार हुँदैछ । 

यसअघि आजै मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बसेको थियो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गर्न लागेकी हुन् । 

एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजेपछि हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । 

शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद फेस गर्ने प्रमुख सचेतक दीपक निरौलाले बताए । 

थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।

मन्त्री बन्नेहरुमा अजय क्रान्ति शाक्य(काठमाडौं), चन्द्र लामा (काभ्रेपलान्चोक), रचना खड्का (दोलखा), शान्तिप्रसाद पौडेल (रामेछाप), प्रदीप कटुवाल (सिन्धुली), विजय सुवेदी (चितवन), सरस्वती बाटी (भक्तपुर), बद्री मैनाली (नुवाकोट), जुनेली श्रेष्ठ (मकवानपुर) र जीवन खड्का (ललितपुर) रहेका छन् ।

यो पनि