बैशाख २०, २०८१, बिहीबार
               

संघीय संसदमा आजबाट दुई नयाँ दलकाे प्रवेश

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट दुईवटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल बिभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट बिभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन् । 

‘दुई नयाँ पार्टी थपिएकाले संघीय संसद भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले न्युज कारखानासँग भने, ‘एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।’ उनका अनुसार सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रह अनुसार नै गरिएको हो । 


कस्तो लाग्यो ?

यो पनि