बैशाख १७, २०८१, सोमबार
               

लोसपालाई यस्तो छ जनप्रतिनिधिको साथ

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सबै प्रदेश तथा तराईका जिल्लामा सबैजसो जिल्लामा जनप्रतिनिधिले साथ दिएका छन् । 

निर्वाचन आयोगले आजसम्म पुरानै दल रोज्ने कि विभाजन भई नयाँ गठित दलमा जाने भनेर आजसम्मको समयसीमा तोकिदिएको थियो ।

केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरिसकेका थिए । 

प्रदेशतर्फ २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूरपश्चिममा एक जनाले लोसपामा सनाखत गरेका छन् ।

स्थानीय तहतर्फ सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रुपन्देहीमा २० र कपिलवस्तुमा एक जनाले लोसपामा सनाखत गरेका छन् । स्थानीय तहमा लोसपाको सबैभन्दा बढी प्रभाव महोत्तरी र त्यसपछि सर्लाहीमा परेको छ ।


कस्तो लाग्यो ?

यो पनि