जेठ ०८, २०८१, मंगलबार
               

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । भोलि (२३ गते) बोलाइएको संघीय संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो ।

उक्त बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि