जेठ ०२, २०८१, बुधबार
               

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्‍न अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास र स्वास्थ्य क्षेत्रको सुधारका लागि सहुलियत ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 

विद्यालय क्षेत्र विकासका लागि पाँच अर्ब ५४ करोड र स्वास्थ्य क्षेत्र सुधारका लागि पाँच अर्ब ९४ करोड सहुलित ऋण स्वीकार गर्ने निर्णय गरेको कार्कीले बताए । त्यस्तै राष्ट्रिय जनगणनाको संसोधित कार्यतालिका स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता कार्कीले जानकारी दिए । जलवायु परिवर्तनका लागि अनुकल कार्य गठबन्धन र सोको निर्देशन समितिमा सहभागी हुन स्वकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिए । 

दार्चुलाको व्यास गाउँपालिका- १  छाङ्‌रुमा स्थापना भएका प्रहरी चौकी- १ र सशस्त्र प्रहरी बल-८५ गुल्मको भवन निर्माणका लागि आवश्यक ८५ सय क्युफिट सल्लाकाे काठ संकलन गरी प्रयोग गर्ने स्वीकृति दिएको पनि प्रवक्ता कार्कीले जानकारी दिएका छन् । 

यस्तै नेपालको लोकतन्त्र प्रजातान्त्रिक बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने, आर्थिक ०७८-०७९ विभिन्‍न आयोजनाका लागि स्थायी र अस्थायी कर्मचारी भर्ना गर्ने, निजामति दिवसको अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णयसमेत भएको प्रवक्ता कार्कीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि