जेठ ०८, २०८१, मंगलबार
               

भिमसेनथापा गाउँपालिकाका उपाध्यक्षद्वारा काँग्रेस परित्याग

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाका उपाध्यक्ष विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन् ।

नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उपाध्यक्ष बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्स ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु ।’

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा आज देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो । जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका-१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो ।

विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उपाध्यक्ष वाग्लेले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् । यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।


कस्तो लाग्यो ?

यो पनि