बैशाख २३, २०८१, आइतबार
               

गगन थापाले गरे गुट परिवर्तन

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन्। यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा बिहीबार रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्।

गत महाधिवेशनमा उनी डा.शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका थिए । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठेका थिए । केसी पनि अहिले पौडेल समूहमै रहेको छ । आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन् । अब पौडेल समूहमा केसी, थापा र कोइरालासँगै भएका छन् ।

थापानिकट स्रोतका अनुसार अब संस्थापनइतर समूहबाट थापा १४ औं महाधिवेशमा महामन्त्री पदको उम्मेदवार हुन्छन्।

यो पनि