बैशाख २३, २०८१, आइतबार
               

कांग्रेसद्वारा वडा र पालिका अधिवेशन मिति हेरफेर, अन्य यथावत

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति सं‌शाेधन हुने भएको छ । 

समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका) हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशाेधन गर्ने निर्णय गरेको छ । 

कांग्रेस नेता मिन विश्वकर्माका अनुसार पार्टीले १८ भदाैदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको हाे । 

त्यसपछिका अधिवेशनहरु भने आयोगले तोकेकै मितिमा हुनेछ । प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।


कस्तो लाग्यो ?

यो पनि