जेठ ०४, २०८१, शुक्रबार
               

मनाङकाे कांग्रेस सभापतिमा शंकर गुरुङ सर्वसम्मत

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुने/नहुने अन्यौल रहेका बेला मनाङले सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।

महाधिवेशनको मिति पटकपटक सर्दै आएका बेला १८ भदाैबाट वडा तहका अधिवेशन सुरु गर्ने समय तालिका छ । तर मनाङमा शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय भएकाे छ । उनी निवर्तमान सभापति हुन् । सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । बाँकी पदाधिकारी पनि टुंगाे लागिसके पनि नाम सार्वजनिक भइसकेकाे छैन ।


कस्तो लाग्यो ?

यो पनि