बैशाख १५, २०८१, शनिबार
               

ओलीसँग मित्रता बढाउँदै प्रधानमन्त्री देउवा !

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति मित्रवत् सम्बन्ध बनाउन लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक बन्दा संसद् सरकारका लागि फलामको चिउरा साबित हुने ठानेर देउवाले ओलीसँग मित्रवत् सम्बन्ध बनाउन खोजेका हुन् ।

ओली प्रधानमन्त्रीमा रहँदा पनि उनले देउवासँग अन्तरंग सम्बन्ध बनाएका थिए । उपल्लो तहको नियुक्तिहरूमा देउवालाई पनि मनाउने प्रयास ओलीले गर्ने गरेका थिए ।

ओलीसँग सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की हिजो बालकोट पुगेका थिए । बालकोटमा ओलीलाई भेट्नुअघि हिजो अपराह्न उनले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका थिए ।

‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानुन मन्त्रीज्यू मेरो कार्यकक्षमा आउनु भएको थियो । साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नुभयो,’ नेम्वाङले भने, ‘सरकार र प्रतिपक्ष दलबीचका सबन्ध कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भयो ।’

एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निभाउने तर सरकारले प्रतिपक्षसँग सबन्ध सुधारमा त्यति चासो नदिएको गुनासो नेम्वाङले गरेका थिए । प्रतिपक्ष पनि राज्यको स्थायी सत्ता भएकाले महत्त्वपूर्ण विषयमा छलफल नगरी निर्णयमा नपुग्न आफूहरूले भनेको नेम्वाङको भनाइ छ ।

सरकार गठन भएको झन्डै डेढ महिनापछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलसँग सबन्ध विस्तारका लागि कानुन मन्त्रीलाई एमाले संसदीय दलको कार्यालय र बालकोटस्थित ओली निवासमा पठाएका हुन् ।

यो पनि