बैशाख २८, २०८१, शुक्रबार
               

भागबण्डा नमिल्दा गठबन्धनको मंगलबारको बैठक पनि निर्णयविहीन

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको मंगलबारको बैठक पनि निर्णयविहीन भएको छ । सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा रहेको गठबन्धनको छलफलमा आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनबीच आज दिउँसो पनि छलफल गर्ने बताइएको छ । ​

एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलोपटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरु जारी थिए । अहिले गठबन्धनमा आबद्ध दलहरुबीच महत्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन ।

यो पनि