जेठ ०८, २०८१, मंगलबार
               

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरे ।

आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।

थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिबद्धता जनाए ।

१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यतिबेला उनले आफ्नै ससुरा अर्जुननरसिंह केसी र बीपी पुत्र डा. शशांक कोइरालासँग प्रतिष्पर्धा गरेका थिए ।

त्यतिबेला उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर, यो पटक उनलाई महामन्त्रीको उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाको टिम र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको टिम तयार देखिन्छ ।

थापा मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका सबैभन्दा बलियो उम्मेदवार बन्ने विश्वास गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि