जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेसको झापा जिल्ला सभापतिमा दुई नेताको उम्मेदवारी घोषणा

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

झापा । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएक हुन् । 

जिल्लाबाट १६ हजारभन्दा बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए ।

उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए ।

‘हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गछौँ, यसको मुख्य आधार भनेको पार्टीको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो’, उनले भने, ‘त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ ।’

जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरेका उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि