जेठ ०५, २०८१, शनिबार
               

पौडेल पक्षका जिल्ला सभापतिले अनशन आजदेखि स्थगित गर्ने

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

सानेपा । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले अनशन स्थगित गर्ने भएका छन् । पौडेल पक्षका शीर्ष नेता र उनी पक्षीय जिल्ला सभापतिको बैठकले अनसन स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशन हुने परिस्थिति निर्माण भएको उल्लेख गर्दै रिले अनसन रोक्ने निर्णय भएको नेता प्रकाशमान सिंहले जानकारी दिए । भदौ ९ देखि पौडेल पक्षका जिल्ला सभापतिले २४ घण्टे रिले अनसन सुरु गरेका थिए ।

सिंह निवास चाक्सिबारीमा शनिबार बसेको बैठक पछि उनले भने, ‘देशभरका सबै वडामा एक साथ अधिवेशन हुनुपर्छ । बाँकी रहेका सबै जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गर्नुपर्छ ।’ 

नेपाली काँग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरी नेताहरूबिच सहमति जुटेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता सिंहले जानकारी दिए ।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले आज आफूनिकटका नेता र जिल्ला सभापतिहरूसँग चाक्सिबारीमा छलफल गरेका थिए ।

देशभरका छ हजार सात सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले बैठकपछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरू जिल्लाको एक÷दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ। 

एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ । 

 


कस्तो लाग्यो ?

यो पनि