जेठ ०५, २०८१, शनिबार
               

कांग्रेस महाधिवेशन : ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई क्रियाशील सदस्यको सूची बुझाएसँगै ती सार्वजनिक भएको हो । निर्वाचन समितिका संयोजक महादेव यादवले सूची बुझिसकेको बताए । 

क्रियाशील सदस्यताको सूची सार्वजनिक भएसँगै ती जिल्लामा अधिकृत खटाउने कामसमेत सुरु भएको उनले बताए । यसरी सदस्यताको सूची सार्वजनिक भएका जिल्लाहरूमा अधिकांश पहाडी जिल्ला छन् । झापा, रुपन्देही, नवलपरासी, रुपन्देही, कञ्चनपुरलगायत केही जिल्लामात्र तराईका जिल्ला रहेका छन् ।

प्रदेश १ का ताप्लेजुङ,  पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ,  सोलुखुम्बु, ओखलढुङ्गा,  उदयपुर,  झापाको क्रियाशील सदस्यता सूची निर्वाचन समितिले बुझेको छ ।

ताप्लेजुङमा तिलक पाण्डे, पाँचथरमा मदन खड्का, सङ्खुवासभामा भरतराज उपाध्याय, तेह्रथुममा लक्ष्मणलाल रञ्जित, खोटाङमा विकास भट्टराई, सोलुखुम्बुमा कैलाश गुरुङ, ओखलढुंगामा कीर्तिनाथ शर्मा, उदयपुरमा खुसीराज गौतम र  झापामा सुवोधबाबु चिलवाल निर्वाचन अधिकृत तोकिएका छन् ।

यता प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको छैन । वाग्मती दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ । दोलखामा चक्रबहादुर थापा, रामेछापमा विष्णु लुइँटेल, सिन्धुलीमा लेखतबहादुर खड्का र भक्तपुर मुकुन्द शर्मा पौडेल जिल्ला निर्वाचन अधिकृत तोकिएका छन् ।

गण्डकी प्रदेशका क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका जिल्लाहरू गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र नवलपुरको रहेको छ। लमजुङमा थानेश्वर दवाडी, तनहुँमा फणीन्द्र कोइराला, मनाङमा वसन्त रिमाल, मुस्ताङमा शिवराज वाग्ले, पर्वतमा विश्वास आचार्य, म्याग्दीमा विष्णुप्रसाद शर्मा र नवलपुरमा गोविन्द सिग्देल जिल्ला निर्वाचन अधिकृत तोकिएका छन् ।

लुम्बिनी प्रदेशमा नवलपरासीमा बाबुराम पाण्डे, रुपन्देहीमा भूमिश्वर गौतम, रुकुम पूर्वमा ईश्वरीप्रसाद ज्ञवाली निर्वाचन अधिकृत तोकिएका छन् । कर्णालीको रुकुम पश्चिममा मुक्ति आचार्य, मुगुमा नरेन्द्रबहादुर सिंह, जाजरकोटमा सूर्यबहादुर बस्नेत र दैलेखमा विवस बस्नेत जिल्ला निर्वाचन अधिकृत तोकिएका छन् ।

यता सुदूरपश्चिमाको बझाङमा चेतराज भट्ट, डोटीमा राजेन्द्र जोशी, दार्चुलामा देवराज अवस्था, बैतडीमा पुष्पराज जोशी, कञ्चनपुरमा भरतबहादुर सिंह, अछाममा देवराज भट्ट, कैलालीमा टेकप्रसाद सुवेदी र डडेलधुरामा लोकेन्द्रबहादुर बम निर्वाचन अधिकृत तोकिएका छन् । सबै जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिकको माग गर्दै जिल्ला सभापतिहरूको अनसन भने सानेपामा जारी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि