बैशाख १६, २०८१, आइतबार
               

एक साताभित्र सरकारमा जान्छौं : उपेन्द्र यादव

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

मोरङ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।

बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरेरसरकारमा सहभागी हुने बताएका हुन् ।

उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सरकारमा सहभागी नहुने बताए ।

हालको दलीय गठबन्धनमा ठाकुरको दल सहभागी नभएका कारण सरकारमा समेत लोसपाको उपस्थितिको सम्भावना नरहेको उनको दाबी छ ।

आउँदो निर्वाचनसम्म दलीय गठबन्धन एकढिक्का रहनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष यादवले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुट्ने कार्य भइरहने उल्लेख गरे । 

अझै पनि प्रतिगमनको खतरा रहेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा जोडिने बताए ।


कस्तो लाग्यो ?

यो पनि