जेठ ०५, २०८१, शनिबार
               

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ ।

बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाहीलाई अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि अदालत जाने निर्णय गरेको  छ । 

माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट निलम्बन गरेको सूचना एमालेले १ भदौमा संघीय संसद सचिवालयलाई जानकारी गराए पनि सचिवालय त्यसको सूचना जारी नगरेपछि एमाले सभामुखविरुद्ध अदालत जाने भएको हो । 

कारबाहीमा परेका नेपालसहितका नेताहरुको सनाखत लिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगविरुद्ध पनि अदालत जाने एमालेले निर्णय गरेको हो । बिहीबारको बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णयसमेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि