जेठ ०६, २०८१, आइतबार
               

देउवालाई तानाशाह नबन्न नेता सिंहले दिए चेतावनी

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धेरै तानाशाह नबन्न चेतावनी दिएका छन् ।

सिंहले सभापतिको तानाशाही प्रवृत्तिका कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधानअनुरुप हुन नसकेको आरोप लगाएका हुन् ।

मंगलादेवी सिंहको २५औं स्मृति दिवसको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधानअनुरुप नभएकाले समस्या देखिएको बताए ।

‘यसको कारण पार्टी सभापति नै हो’ उनले भने, ‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाे छ, यो सभापतिले जतिसक्दो छिटो प्रक्रियाअनुसार टुङ्ग्याउनुपर्छ ।’

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधबारबाट जिल्ला सभापतिहरुले समेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि