बैशाख ०८, २०८१, शनिबार
               

एकीकृत समाजवादी र लोसपालाई दर्ताको प्रमाणपत्र

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगमा आज (बुधबार) दुई वटा नयाँ पार्टी दर्ता भएका छन् ।

नेकपा एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विधिसम्मत दर्ता भएका हुन् ।

आज दिउँसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो ।

आयोगले साँझ दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको छ । दुबै दल दर्ता गर्ने निर्णय भएको र आजै प्रमाणपत्र दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

दल दर्ताको प्रमाणपत्र लिएपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले अब सरकारमा जाने बाटो खुलेको प्रतिक्रिया दिए ।

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।


कस्तो लाग्यो ?

यो पनि