बैशाख २४, २०८१, सोमबार
               

झलनाथ खनालले दिल्लीबाटै गरे सनाखत

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

उनले भर्चुअल माध्यमबाट दिल्लीबाटै सनाखत गरेका हुन् ।

यसअघि आयोगले दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर भएकालाई मात्रै आयोगको कार्यालयमा उपस्थित भएर सनाखत गर्न दिने बताएको थियो ।

तर खनाललाई भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गर्ने व्यवस्था मिलाइएको छ ।

खनाल उपचारका क्रममा दिल्लीमा छन् ।

२९ सांसदको हस्ताक्षर

यसैबीच, एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले दाबी गरेको छ । 

एमालेका कुल सांसदको २० प्रतिशत वा केन्द्रिय कमिटिको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दल सम्बन्धी अध्यादेशमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि