बैशाख १२, २०८१, बुधबार
               

लोसपा सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

आयोग परिसरमा कुरा गर्दै नेता महतोले जनता समाजवादी पार्टीका तर्फबाट १७ जना कार्यकारिणी समिति सदस्य र रेशम चौधरीसहित १५ जना सांसद आफ्नो पार्टीमा आएको बताए ।

माधव नेपाल पक्षको सनाखत सकिएपछि ठाकुर नेतृत्वको पार्टीको सनाखत शुरु हुने आयोगले जनाएको छ । आयोगले दुबै दललाई सनाखत गराएपछि प्रमाण पुगेमा आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको प्रवक्ता श्रेष्ठले बताए । 

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि भदौ २ गते आयोगमा निवेदन दिएका थिए ।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।


कस्तो लाग्यो ?

यो पनि