बैशाख १४, २०८१, शुक्रबार
               

आज निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल सनाखत गर्दै

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दल सनाखत आज निर्वाचन आयोगले गर्दै छ ।

आयोगले दुवै दलका सम्पूर्ण नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिनेछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि टुंगिनै जानकारी दिए ।

 निर्वाचन आयोगले सनाखतको लागि आज बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय तोकेको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताको लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि