बैशाख २४, २०८१, सोमबार
               

दिल्लीबाटै सनाखतको व्यवस्था मिलाउन झलनाथले पठाए आयोगमा निवेदन

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा एकीकृत समाजवादीमा रहेको निर्वाचन आयोगमा जानकारी गराएका छन् ।

आयोगले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललगायतलाई बुधबारका लागि सनाखतमा आउन समय दिएको छ ।

तर खनाल भारतमा छन् । केही समयअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

खनालले आज आयोगमा पत्र पठाएर आफू नेकपा एकीकृत समाजवादीमा रहेको र दिल्ली दूतावासमार्फत् सनाखतको व्यवस्था गर्न निवेदन पठाएर माग गरेका छन् ।

दूतावासमै सनाखत गर्ने व्यवस्था गराई पाऊँ भनेर आयोगमा निवेदन प्राप्त भएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

निवेदनउपर कुनै कारबाही भइनसकेको उनले बताए । यसबारे के गर्ने भन्ने आयोगको बैठकपछि निर्णय हुने उनको भनाई छ ।

आयोगले भौतिक उपस्थितिमै सनाखत गराउने कानुनी व्यवस्था रहेको अधिकारीले बताए ।

नेता खनालको सचिवालयका अनुसार बुधबार अस्पतालमा उनको फलोअप छ । 

आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ ।

यो पनि