बैशाख २५, २०८१, मंगलबार
               

भिडभाड गरेको भन्दै चन्द्रागिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा भिडभाड भएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।

रिसोर्टमा भिडभाड बढेको भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । 

‘भिडभाड भएको छ भन्ने गुनासो आयो अनि हामीले उक्त रिसोर्ट प्रशासनलाई टेलिफोन गरेर ध्यानाकर्षण गराएका हौँ,’ प्रजिअ पराजुलीले भने, ‘उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरिएको जवाफ दिएका छन् । अनि क्वारेन्टिनका लागि अनुमति लिएको पनि भनिएको छ ।’ 

उक्त रिसोर्टमा नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएका माधवकुमार नेपाल समूहका नेता कार्यकर्ताहरुको भेला चलिरहेको छ ।

सोमबारदेखि बुधबार बिहानसम्म नेपाल समूहका नेताहरु सोही रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ । करिब १०० जना सांसद तथा केन्द्रीय कमिटीका नेताहरु रिसोर्टमा छन् ।  

यो पनि