बैशाख १२, २०८१, बुधबार
               

पार्टी दर्ता प्रक्रिया : सनाखतका लागि आयोगले तोक्यो समय

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको एकीकृत नेकपा समाजवादी पार्टी दर्ताका लागि सनाखतको समय तोकेको छ ।

आयोगले बुधबार बिहान साढे ११ बजेदेखि २ बजेभित्र सशरीर उपस्थित भएर सनाखत गर्न भनेको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ । माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् ।

अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्‍याउनुपर्छ । नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

यो पनि