बैशाख १८, २०८१, मंगलबार
               

माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ ।

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकान्तवासमा लगिएको हो । साथै माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।स्रोतकाअनुसार ५२ जनाका लागि ‘बेड बुकिङ’ गरिएको छ । ५२ जना केन्द्रीय सदस्यमध्ये २८ जना सांसद छन् ।

सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने तयारी रहेकाे बताइएकाे छ ।  । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।


कस्तो लाग्यो ?

यो पनि