जेठ ०४, २०८१, शुक्रबार
               

सभापतिलाई क्रियाशीलको प्रतिवेदन बुझाउनुअघि पौडेल पक्ष जुट्यो छलफलमा

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् ।  सोमबार विहान पौने ९ बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय शीर्ष नेताबीच छलफल भइरहेको छ ।

१४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न नेताहरु  बैठकमा बसेको स्रोतले जानकारी दियो । कांग्रेसमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद थियो । उक्त विवाद टुङ्ग्याउन कांग्रेसमा नीतिगत सहमति जुटे पनि व्यावहारिक पक्ष मिलाउन बाँकी छ ।

आइतबार नै विवाद टुङ्ग्याएर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको थियो । तर विवाद समाधानको जिम्मेवारी पाएका नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले व्यवहारिक पक्ष मिलाउन सकेनन् । साउन ३० गतेको केन्द्रीय समिति बैठकले भदौ ३ गते नै सभापति देउवालाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिए पनि ७ गतेसम्म काम हुन सकेको छैन ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेतात्रयले सभापति देउवासँग छलफल गरेका थिए । उनी आज १ बजे बैठक बसेर विवादको निकास खोजी आजै ५ बजे सभापतिलाई बुझाउने तयारीमा छन् । 


कस्तो लाग्यो ?

यो पनि