बैशाख १३, २०८१, बिहीबार
               

आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्रोतले जनाएको छ ।

हिजो (शनिबार) बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा आजको बैठकले थप छलफल गरेर टुंग्याउने बताइएको छ ।

पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने छ ।  साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो ।

साथै, बैठकले पुसमा गरिने राष्ट्रिय सम्मेलनबारे निर्वाचन निर्देशिका तल्लो तहसम्म पठाउने गरी छलफल गरी आज निर्णय लिइने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि