बैशाख १७, २०८१, सोमबार
               

ठाकुरको पार्टीको नाम फेरियो, वरिष्ठ नेतामा महतो र भण्डारी

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । महन्थ ठाकुर पक्षले आफ्नो पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राख्ने भएको छ । जनता समाजवादी पार्टीसँग मिल्दोजुल्दो नाम भएपछि ठाकुर पक्षले नाम परिवर्तन गर्ने भएको हो । 

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दल दर्ता गर्न निवेदन दर्ता गरेको थियो ।

ठाकुरको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी लोसपा दर्ता गर्न आयोगमा निवेदन दिइएको हो । यस्तै कार्यकारिणी समिति सदस्यमा ७ जना थपिएका छन् । अब समिति ३१ सदस्यीय बनाइएको छ ।

नयाँ पार्टीमा एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको हो । 

यसअघि ठाकुर पक्षले २४ सदस्यीय कार्यकारिणी सदस्यको नाम आयोगमा पेश गरेको थियो । आयोगले कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने भनेपछि ठाकुर पक्षले ७ जना महिलाको नाम थपेको हो ।


कस्तो लाग्यो ?

यो पनि