जेठ ०६, २०८१, आइतबार
               

प्रदीप गिरीको स्वास्थ्यमा समस्या

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि भारतको मुम्बईमा उनको उपचार भइरहेको छ । अहिले मुम्बईस्थित अस्पतालमा गिरिको उपचार भइरहेको छ । उनको उपचारमा डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

गिरी अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् ।बिहीबार बिहान काठमाडौंबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः विमानमार्फत नै मुम्बई जाने निधिको सचिवालयले जनाएको छ ।

गिरीको स्वास्थ्य समस्याबारे भने जानकारी गराइएको छैन ।

  


कस्तो लाग्यो ?

यो पनि