बैशाख १९, २०८१, बुधबार
               

२०५४ मा एमाले फुटेको स्मरण गर्दै भीम रावलले उठाए यस्तो प्रश्न

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरित रहेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।

'विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ?' रावलले प्रश्न गरेका छन् ।

रावलको अर्को प्रश्न छ, '२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?'

यसअघि उपाध्यक्ष रावलले पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नुपर्ने बताएका थिए । 

सामाजिक सञ्जालमा कविता शेयर गर्दै रावलले पार्टी कुनै व्यक्ति विशेषको नहुने भन्दै व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमान्ने बताएका छन् । उनले पार्टी विभाजनविरूद्ध उभिन आह्वानसमेत गरेका छन् । 

अध्यादेशको सर्वत्र विरोध

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि सर्वत्र विरोध भइरहेको छ। 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ ।

यो व्यवस्थालाई खुकुलो पार्ने गरी र मन्त्रिपरिषद्ले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्ने व्यवस्था अध्यादेशमा राखिएको एक मन्त्रीले जानकारी दिए । 

यो पनि