बैशाख १९, २०८१, बुधबार
               

अध्यादेश ओली प्रवृत्तिकै पुनरावृत्ति : बाबुराम भट्टराई

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने दाबी गरेका छन् । 

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएकाे टिप्पणी गरेका छन् ।

सरकारबाट केपी ओली गए पनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भन्दै उनले जसले गरे पनि संसद अधिवेशन अन्त्यलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

अध्यादेशले क्षणिक रुपमा कसैलाई फाइदा पुगे पनि दीर्घकालीन रुपमा घातक नै हुने भट्टराईको तर्क छ ।

यो पनि