बैशाख १८, २०८१, मंगलबार
               

नयाँ पार्टी बनाउँछौ, ओली सुध्रिए सिट बाँड्न सकिन्छ : माधव नेपाल

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘पार्टी पुनर्गठन’ गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन् ।

उनले आफूपक्षीय जनवर्गीय संगठनको भर्चुअल छलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

तर, उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने बताए ।

उनले भने, ‘नयाँ पार्टी खोलिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्वीकार गर्दा एकताको ढोका खुला हुनेछ ।’

नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।

नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

आफूसँग क्रान्तिकारी विचार भएकाले बलियो हुने विश्वास उनले व्यक्ति गरे । नेता नेपालले अब वडातहसम्म संगठन विस्तार गर्न र सदस्यको संख्या बढाउन निर्देशनसमेत दिएका छन् ।

आगामी निर्वाचनमा अन्य पार्टीसँग तालमेल वा एकता गरेर अघि बढ्ने उनले बताए ।

कार्यकर्तालाई उनले अहिलेको अवस्थाबाट निराश नहुन आग्रह गरे ।

उनले भने, ‘कहिले दाहिने र कहिले देब्रे हिँड्नुपर्छ । कहिले एकता र कहिले विभाजन हुन्छ ।’

यो पनि