बैशाख २२, २०८१, शनिबार
               

अध्यादेशबारे शेखर कोइरालाकाे आपत्ति

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य शेखर काेइरालाले आफ्नै सभापति नेतृत्वकाे सरकारले ल्याउन लागेकाे अध्यादेशबारे आपत्ति जनाएका छन् । 

नेता काेइरालाले सामाजिक सञ्जालमार्फत अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका हुन् । सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता देखाउनु पर्नेमा त्यहाँ प्रधानमन्त्री चुकेका उनले बताए । साथै अहिले जुन रुपमा सरकारले अध्यादेश ल्याउने कसरत गरिरहेकाे छ, त्यो कांग्रेसकाे संस्कार नभएकाे उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि