बैशाख १८, २०८१, मंगलबार
               

माधव समूहका सांसद बानेश्वरमा, नेपाललाई वामदेवको पनि साथ

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् ।

आगामी योजनाबारे छलफल गर्न भेला भएको एक सांसदले जानकारी दिए ।

 भेलमा उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् ।

यसैबीच, उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता नेपाललाई साथ दिने भएका छन् ।

हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए । आज माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरूको छलफलमा वामदेवपत्नी तुलसा थापा सहभागी भएकी छिन् ।

समानुपातिक सांसद थापा यसअघि अध्यक्ष केपी शर्मा ओलीले बोलाउने संसदीय दलको बैठकमा सहभागी हुँदै आएकी थिइन् । त्यस्तै ओलीलाई विश्वासको मत पनि दिएकी थिइन् ।

यो पनि