बैशाख २५, २०८१, मंगलबार
               

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद  कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ ।

हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्वमन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राईले  बताए । उनले भने, 'हिजो  निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो ।' 

लुम्बिनी प्रदेशमा जसपा ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए ।  जसमा सन्तोष  पाण्डेय र  विजयबहादुर यादव  प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय  समानुपातिक सूचीमा परेकी  थिइन् । उनको ठाउँमा पार्टीले निर्मला मुडभरी  भट्टराईलाई पठाएको हो ।


कस्तो लाग्यो ?

यो पनि