बैशाख १४, २०८१, शुक्रबार
               

एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो ।

सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेको एमालेका एक नेताले बताए ।

स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ ।

दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार मंगलबारका बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ ।

सोमबार अबेर राति वक्तव्य जारी गर्दै ओलीले एमालेका सबै नेतालाई आ-आफ्ना कमिटीका बैठकमा उपस्थित हुन अपिल जारी गरेका छन् ।

उनले एमाले फुटाउने षड्‍यन्त्र भएको भन्दै त्यसविरुद्ध एकजुट हुनसमेत अपिल गरेका छन् ।

यो पनि