बैशाख १२, २०८१, बुधबार
               

एमाले फुटाउने षड्यन्त्र मान्य नहुने भन्दै ओलीले गरे एकताको आह्वान

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाएका छन् ।

एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उनको भनाइ छ ।

सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित आज संसद अधिवेसन अन्त्य गरिएको थियो ।

ओलीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

उनले पार्टी विभाजनका प्रयासबिरुद्ध उभिन पार्टीभित्रका सबैसँग अनुरोध पनि गरेका छन् ।

एमाले अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक र संसदीय दलको बैठक समेत बोलाएका छन् ।

उनले विधान संशोधनका लागि सबैलाई सुझाव पठाउन आग्रह गरिएको उल्लेख गर्दै राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा पार्टीलाई पुनर्स्थापित गर्न आग्रह पनि गरेका छन् ।

यो पनि