बैशाख १८, २०८१, मंगलबार
               

पार्टीभित्रको गलत प्रवृत्तिसँग सम्झौता हुँदैन : माधव नेपाल

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन् ।

शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा 'कम्युनिस्ट आन्दोलन : अवसर  र अवसरवाद' नाममा आयोजित कार्यक्रममा नेता नेपालले त्यस्ता गलत प्रवृत्तिसँग सम्झौता नगर्ने प्रष्ट पारे ।

कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको नेता नेपालको भनाई छ ।

'चुनौतिबिनाको कुनै पनि पार्टी छैन । तर नेपाल कम्युनिस्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ । जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ । त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ', उनले भने ।

उनले नेकपा एमालेलाई अवसर प्राप्त भएको भए पनि गुमाएको बताए । 'के भयो मंगले, आफ्नै ढंगले भनेजस्तै भयो । अहंकार हाबी भयो । व्यक्तिवाद हाबी भयो । स्वार्थ हाबी भयो । धेरै खालका विकृति र विसंगति देखा परे । नीतिगत र कार्यशैलीमा देखा परे । व्यवहार र आचरणको तहमा देखा परे । यी सबै चिज नै समस्याको जड हो । यो समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने ? प्रश्न त्यहाँ छ', उनले भने ।

नेता नेपालले खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने बताए । बरु त्यसका विरुद्धमा जुध्ने उनको भनाई छ ।

'कुनै पनि समस्यालाई हल गर्न यदि त्यहाँभित्र शक्ति आर्जन गर्न सकिन्छ भने, ठाउँ पाइन्छ भने, मर्यादा र सम्मान पाइन्छ भने, घरको न घाटको हुने स्थितिमा नपुगियोस् भन्नेमा समयमै विचार पुर्याएर अघि बढ्न हामीले सहज बाटो लिन खोजिरहेका छौं । अहसज बाटो कसैले पनि लिनु राम्रो हुँदैन । असहज भनेको बाध्यता हुन्छ । त्यसलाई सहनु पनि पर्छ', उनले भने, 'दुःख र चुनौति हाम्रो चाहना होइन । तर वास्तविकता हो । त्यतिबेला पिठ्यु फर्काएर भाग्ने होइन ।'


कस्तो लाग्यो ?

यो पनि