जेठ ०३, २०८१, बिहीबार
               

ओलीप्रति मातृकाकाे टिप्पणी संसदकाे रेकर्डबाट हटाइयो

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट मेटाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाको निर्देशनमा यादवको उक्त अभिव्यक्ति रेकर्डबाट हटाइएको हो ।

यादवले साउन २८ गते बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा निवर्तमान प्रधानमन्त्री ओली ‘मेन्टल्ली र फिजिल्ली फिट नभएको’ टिप्पणी गरेका थिए ।

यादवको उक्त टिप्पणी रेकर्डबाट हटाउन माग गर्दै प्रमुख विपक्षी दल एमालेले आजको संसद बैठकमा विरोध जनाएको थियो ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरुले संसदमा उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

भट्टराईले यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि सभामुखले यादवको अभिव्यक्ति हटाउन रुलिङ गरेका हुन् ।

सभामुखले रुलिङ गरेपछि बैठक सुचारु भएको छ । बैठकअन्तर्गत शून्य समयमा सांसदहरु बोलिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि