मंसिर ०७, २०८१, शुक्रबार
               

कांग्रेसका अधिकांश जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरू १४ औं महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन् ।

भाद्र महिनाभित्र महाधिवेशन नहुने हो भने कांग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

‘नियमित महाधिवेशन गर्न सकिने सम्भावना कति हो, अधिवेशन गर्न नसक्दा फेरि वैधानिकताको संकट टार्नका लागि पार्टीको १३ औं महाधिवेशनको निर्वाचित महाधिवेशन प्रतिनिधिबाट प्रादेशिक र संघीय तहको विशेष महाधिवेशन गर्ने र त्यो नेतृत्वले छ महिनादेखि एक वर्षभित्रमा वडादेखि केन्द्रसम्मको नियमित कामकारबाही गर्नुभन्दा विकल्प अरु हाम्रो वैधानिकता जोगिने अवस्था छैन’, उनले भने ।

धेरै सभापतिहरूको निष्कर्ष र धारणा सही रहेको भन्दै नियमित महाधिवेशन हुन सक्छ भने आफूहरु त्यसका लागि लागिपर्ने पनि उनको भनाइ छ । 

 


कस्तो लाग्यो ?

यो पनि