काठमाडौं । सरकारले सचिवको सरुवा गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यस्तै गृह मन्त्रालयमा भूमि सुधार मन्त्रालयका टेकनारायण पाण्डे आएका छन् ।
यसैगरी जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको उर्जा मन्त्रालयमा सरुवा भएको छ भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा वैकुण्ठ अर्यालको सञ्चार मन्त्रालयमा सरुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
यसैगरी प्रदेश २ को प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् भने प्रदेश १ को प्रमुख सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा तानिएका छन् ।
यसैबीच हालै सचिवमा बढुवा भएका खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ ।