बैशाख २५, २०८१, मंगलबार
               

जसपा तत्काल सरकारमा नजाने

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा नजाने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै जसपा सरकारमा सहभागी हुने भएको छ । आगामी भदौ १ र २ गते जसपाले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

त्यसपछि मात्रै सरकारमा सहभागी हुने सम्भावना रहेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट नटुंगिएकाले तत्काल सरकारमा सहभागी सम्भावना नरहेको अध्यक्ष यादवले बताए । 

मन्त्रालयको भागवण्डा टुंग्याउने जिम्मेवारी आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समेत उनले बताए । 

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् । 

राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ । एमालेको नेपाल समूहले पनि जाने नजाने निर्णय गर्न सकिरहेको छैन । 

यता प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसबाट पनि पार्टी केन्द्रीय समिति बैठक अगावै मन्त्री नथपिने भएका छन् । कांग्रेसले १४ औं महाधिवेशनबारे छलफल गर्न २८ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पद तथा गोपनियताको शपथ लिँदा चार मन्त्री बनाएका थिए । त्यसपछि एक राज्यमन्त्री बनाए पनि लामो समयसम्म अरु मन्त्री थप्न नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि