बैशाख १८, २०८१, मंगलबार
               

राष्ट्रपतिलाई लोहनीको प्रश्न र सुझाव : 'पार्टी  विवाद मिलन केन्द्र' खोलेर नेतृत्व गर्ने कि ?

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

नेकपा एमालेभित्र देखिएको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय भएको खबर सार्वजनिक भएसँगै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि असन्तुष्टि जनउँदै प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लोहनीले प्रश्न गरेका छन्, के अब संवैधानिक राष्ट्रपतिको काम कर्तव्य दलहरुबीचको अन्तरिक झगडा  मिलाउनु हो ?

राष्ट्रपतिको काम दलहरुको झगडा मिलाउने हो भने जसपा र कांग्रेसभित्रको झगडा र विवाद मिलाउन पनि राष्ट्रपति सक्रिय हुनुपर्ने होइन ? लोहनीको प्रश्न छ ।

अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति कार्यालय भवनभित्र 'पार्टी विवाद मिलन केन्द्र' खोलेर त्यसको नेतृत्व गर्न लोहनीले राष्ट्रपतिलाई सुझाव समेत दिएका छन् ।

लोहनीको प्रश्न 

- सम्माननीय राष्ट्रपति ज्यू नेकपा (एमाले) को विवाद मिलाउन सक्रिय हुनुहुन्छ भन्ने खबर पढियो । यसको अर्थ के अब संवैधानिक राष्ट्रपतिको काम कर्तव्य दलहरुबीचको अन्तरिक झगडा मिलाउनु हो ?

- जसपाभित्र पनि झगडा छ, अब त्यो मिलाउन पनि राष्ट्रपति सक्रिय हुनुपर्ने होइन र ?

- अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउला जस्तो छ । त्यो राष्ट्रपति महोदयले अब कहिले मिलाइदिने ?

सुझाव 

सम्माननीय ज्यूमा मेरो सुझाव छ- अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवनभित्र 'पार्टी  विवाद मिलन केन्द्र' खोलेर त्यसको नेतृत्व राष्ट्रपति ज्यूले गरे संविधान अनुकुल हुने हो कि ?

यो पनि