जेठ ०६, २०८१, आइतबार
               

देउवाले कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याए : वरिष्ठ नेता पौडेल

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाइ कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् । उनले पार्टीको महाधिवेशनको मिति पटकपटक धकेल्न खोजिएको भन्दै आरोप लगाएका हुन् ।

वरिष्ठ नेता पौडेलले पार्टी विधानले चार वर्षको कार्यकाल तोकेकोमा देशको संविधानलाई समातेर म्याद थप गरिएको र थपिएको समयमा पनि महाधिवेशन गर्न नखोजिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेर आक्रोश पोखेका हुन् ।

उनले एक स्टाटस लेख्दै संविधानको व्यवस्थालाई टेकेर भदौमा गर्ने भनिएकोमा फेरि पनि मिति सारेर कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याएको टिप्पणी गरेका छन् । 

उनको लेखमा पछिल्लोपटक तोकिएको समयमा पनि महाधिवेशन नहुने देखिएपछि पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि कटाक्ष गर्दै सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगेको बताइएको छ । 

वरिष्ठ नेता पौडेलले लेखमा भनिएको छ, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? यो देशकै विडम्बना हो, सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’


कस्तो लाग्यो ?

यो पनि